0 comments

आगलागीवाट २२ घर जलेर नष्ट

Published on in

सर्लाहीको छटौलमा शनिवार दिउँसो आगलागी हुँदा २२ वटा घर जलेर नष्ट भएका छन् । करिब डेढ करोड मूल्य बराबरको क्षति भएको छ । दुध तताउने क्रममा सलाहीको छटौल-९, का दिलीप रायको भान्सा घरवाट  विहान ११ बजे शुरु भएको आगलागी छटौल-८ र ९ का १४ घर परिवारका २२ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीवाट करिब डेढ करोड मुल्य वारावरको क्षति भएको अनुमान प्रहरीले लगाएको छ । आगोलागीवाट ५ वटा बाख्रा जलेर मरेका छन् ।आगलागीको थप विवरण आउन बाँकी रहेको अस्थाई प्रहरी चौकी सिसौतका प्रहरी इन्चार्ज धनबहादुर खड्काले जानकारी दिनु भयो । आगलागी स्थानियवासी र प्रहरीको सहयोगमा चार घण्टापछि नियन्त्रणमा लिइएको छ ।

Spread The Love, Share Our Article

Related Posts

No Response to "आगलागीवाट २२ घर जलेर नष्ट"

Add Your Comment