Subscribe to:
Post Comments (Atom)
गोपाल झापाली
उमेर भन्न सजिलो छ । कति वर्ष पुगियो त्यो टुङ्गो नभए पनि २००१ साल बैशाखको जन्म भन्ने चाँहि मुखाग्र छ । नाम भक्तबहादुर दर्जी । जन्म थलो भोजपुर पौवा खेसाङ् । पाखुरामा बरगत आए देखि २०२४ साल सम्म स्थानीय शेरबहादुर अधिकारीको घरमा सहयोगी बसे । मधेश झर्दा काँधमा सानो पुन्तरो र हातमा एउटा मुरली थियोत्यो छँदैछ । २०२७ सालमा अधिकारी बुढा खसे कडा स्वरमा भने-मालिक बितेको खवर सुने पछि गए पहाड तिरै । १९ वर्ष मोरङ्को दलेली बसोबास भयो । त्यहाँ स्कुलको जग्गा अतिक्रमण भएको भने पछि थात-उठ्यो र दमक आईपुगे पाईला । अहिले दमक-१३ को बालुवाटरमा उनकै शव्दमा एउटा छाप्रो छु ।
पहाडमा घाँस-दाउरा गरे देखिको मुरलीको साथ अझै टुटेको छैन । टेक्ने-समाउने भरपर्दो नभए पछि जीवन गुजार्ने मेलो बनेको छ यहि मुरली । मुख थोतो हुन थाले पनि भाका ट्याप्पै टिप्छन-सिन्कि अचार होस गरहै सोल्टिनी देखि कुसुमे रुमाल सम्मका । दिन भरि घर-घरमा पुगेर मुरलीको धुन सुनायो अनि खुशीले जे दिन्छन टोपी थाप्यो । भएकी एउटी छोरीका सन्तान भईसके । घरमा जहान छिन् । मुरलीबाट भाका झिक्न ओठ-जिब्रोको भर कमजोर हुँदै गयो । हात-पाउ लड्खडाउन थाले । दामली अरु त अब सरकारले दिने बृद्धभत्ताको बाटो पनि हेर्न थाले । उमेरले नातीसम्मकालाई पनि वाक्यै पिच्चे हजुर मालिक भन्ने बानि छ उनको । के गर्नु हजुर अरु त अब २ ४ वर्ष पछि भत्ता खान थाल्छन आफु त मुरली बजायो बस्यो- जीवनको उत्तराद्र्धमा आई पुग्दा नागरीकता नहुँदाको पीडा सुनाउन थाले उनी । भाङ्बारीबाट ४५ सालमा मुरलीको भाका सुनाकै भरमा एउटी फकाईयो त्यसबेला बुढि पनि भेट्टाई दिने मुरली भन्दा ठुलो कुरा केहि लागेन अहिले बिचार गर्दा त मुरली भन्दा पनि ठुलो त नागरीकता पो रहेछु सेताम्यै फुलेका दाह्री कन्याउँदै थपे- के गर्नु हजुर बैश-उमेर मुरलीले खाईगो अहिले थाप्लो चिथोर्दा नहुने म निरक्षरी बुढोलाई कसले दिन्थ्यो नागरीकता उत्तर खोज्दै सेता आँखा जुधाए ।
कुरा गर् यो कुरैको दुःख भनेजस्तै विना कामको गफ गर्ने बानी नेपालीहरुको पुर्खैली पेशा जस्तै हो । यहाँनेर चार पाँच जना भद्रहरुको भेटघाट भयो भने शुरु हुन्छ हावादारी गफ । न कुनै विषय न कुनै निचोड । सबै कुरा गएर ठूल्ठूला व्यक्तिहरुको काँधमा पर्ने हुनाले राज्य त के यहाँ गाउँको विकास हुन सकिरहेको छैन । जहाँ हेर् यो आँखा पनि धमिलो भइसकेको अग्रज भनाउँदाहरुको आदेश पालन गर्नुपर्ने । यहाँ कुनै क्षमताको कुरा हुँदैन । दक्षताको कुरा हुँदैन । कुरा हुन्छ त केवल केश पाकेको र जुँगा फुलेको मात्र । अहिले आएर महिलाहरुको सवाल पनि ज्यादै उठिरहेको पाइन्छ । तर एउटा कार्यालयमा बीस कर्मचारीहरु मध्ये उन्नाइस महिला कर्मचारी भनेर सायदै हामीले सुन्न पाएका छैनौ होला तर बीसमा बीसै जना पुरुष भन्दा कोही पनि यसको विरोध गर्ने सक्दैनौं ।
बाबु आमाको सपना मेरो सन्तानले पढ्छ ठूलो मान्छे बन्छ । तर यहाँ हाम्रो देशको सन्दर्भमा भन्नु पर्दा युवा भनेका देशका कर्णधारहरु हुन् । तर जब त्यो युवा वृद्धमा गनिन थाल्छ अनिमात्र कर्णधारको पद पाउन योग्य मानिन्छ । कसैको दक्षता क्षमता सीप र कौशताको नराम्रोसँग खिल्ली उडाउने काम हाम्रो देशमा हुने गर्दछ । यहाँ डीग्री पढेको मान्छे सुन कुट्दै गरेको यत्रतत्र सर्वत्र भेट्न सकिन्छ । सबै युवाशक्तिहरु किन विदेश पलायन भइरहेका छन् यो सोच्नुको सट्टा राज्यले युवाहरुलाई परदेश पठाउँदा हुने न्यून उपलब्धिको मात्र जगेर्ना गरेको छ । मन्त्री मण्डलबाट पास भएको हरेक बाटो भएर एउटा केश फुलेकोबाट अर्का केश फुलेको हुँदै जुँगा सेतै भएको भएर अन्तिममा त्यो निर्णय बरावरको कार्य गर्ने भनेको सायद नक्कली दात लगाएको वृद्धबाट त पक्कै हुँदैन । त्यो गर्नको लागि विदेश पलायन भएको युवालाई नै खोज्नु पर्ने हुन्छ । कि त आफ्नो देशको वाहीर पठाएपछि वाहिरको भित्राउनु सक्नुपर् यो । नभए एकदिन नेपाल भन्नाले सगरमाथा त के भन्नु जुन चीन सरकारले पनि मेरो हो भनेर दावी गरेको छ । विश्वको दोस्रो जलस्रोतको धनी देश नभएर वृद्धहरुको भूमि श्रमहिन भूमि भनेर चिनीन सक्छ । त्यसैले विचार गरौं है ! यो केश फुलेको र पाको उमेर समूहलाई मात्र राज्यको भार सुम्पने हो कि कसो गर्छन त यी युवाहरुले चैं भनेर विचार पुर् याउने हो । विश्वको अधिकांश राष्ट्रहरुलाई हेरेर पनि केही त पाठ लिन सक्नु पर्ने हो हाम्रो विशिष्टहरुले । तर कपाल फुलेपछि सोचाई पनि नचाहिदो मात्रै आउदो रहेछ कि क्याहो ! नेपालका विशिष्टहरुले भर्खरै एउटा ताजा नियम बनाएको छन् रे ! सार्वजनिक स्थानमा धुम्रपान निषेध अचम्म छ । अझ धुम्रपान गर्नेलाई जरिवाना पनि तिराईने अरे ! अहिलेसम्मको निष्कर्ष हेर्ने हो भने यो नियमको लागू भएको जस्तो परिस्थिति देखिदैन । अहिले सम्मको धुम्रपानकर्ताहरुको रेकर्ड हेर्नुपर्ने हो भने युवाहरु भन्दा प्राय कपाल फुलेकाहरु नै बढी मात्रामा सामेल भएको पाइन्छ । सायद यो नियम बनाउदै गर्दा पनि उहाँहरुले धुम्रपान सेवन नै गर्दै त बनाउनु भएको त होइन ! यसरी बनाएको नियम पनि लागू हुन्छ जे होस् हेर्न र सुन्नको निम्ती राज्यका भलाद्मीहरुले निकै रोचक जानकारी अगाडी सारेका छन् । तर उएटा भनाई नै छ नी नियम भनेको तोड्नलाई । जे होस् नेपालीहरुले यो भनाईलाई राम्रोसँग बुझेका छन् भन्ने हाम्रो नेताहरुलाई थाहा नै रहेछ ।
दशैंमा जोखिमपूर्ण यात्रा गर्दै यात्रीहरु । फोटो ओमाङ
सानो रमाइलो Sudip Thulung
Copyright © 2010 3poiny All rights reserved.
Wordpress Theme by Paddsolutions. Blogger Template by Blogspot Templates.
No Response to "my Photo"
Add Your Comment