0 comments

सुप्तुलुङ पत्रिकाको विमोचन

Published on in

दमक/ किरात राई संस्कृतिको पहिचान जोगाउन र गराउन प्रकाशन थालिएको सुप्तुलुङ मासिक पत्रिकाको शनिबार झापाको दमकमा एक कार्यक्रम गरी विमोचन गरिएको छ ।
किरात राई पत्रकार संघ झापाले प्रकाशन थालेको सो पत्रिका नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव दिपेनबाला राई र झापाका अग्रज पत्रकार गाजबहादुर दाहालले संयुक्त रुपमा विमोचन गरेका थिए । कार्यक्रममा किरात राई पत्रकार संघका केन्द्रीय सदस्य अर्जुन जम्नेली राई आदीवासी जनजाती पत्रकार संघ झापाका उपाध्यक्ष कमन देवान किरात राई यायोक्खा झापाकी सह-सचिव सुमित्रा वाङ्देल राई क्रान्तिकारी पत्रकार संघ कोचिला राज्य सचिवालय सदस्य मिलन लिम्बू प्रेस चौतारी झापाका सहसचिव मनकुमार गदाल पत्रकार माच दमकका अध्यक्ष भुपेन्द्र तिम्सना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पत्रिकाका प्रधान सम्पादक प्रेम याम्फू राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यकारी सम्पादक नगेन्द्र राईले स्वागत गरेका थिए भने साचालन विन्दु राईको रहेको थियो । झापाकै पत्रकारहरुको संयुक्त प्रयासमा थालिएको उक्त मासिक पत्रिकाका माध्यमबाट नेपाली समाजमा रहेको किरात जातीको पहिचान जोगाउनमा निक्कै ठूलो योगदान पुग्ने देखिएको छ

Spread The Love, Share Our Article

Related Posts

No Response to "सुप्तुलुङ पत्रिकाको विमोचन"

Add Your Comment