0 comments

शान्ति र विद्रोह सँगै लैजान नहुने

Published on in

कृष्णप्रसाद सिटौला
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले शान्ति र विद्रोहसँगै लैजाने माओवादी रणनीतिका कारण नै मुलुकको बिग्रदो परिस्थितिमा सुधार आउन नसकेको बताउनु भएको छ ।
   झापाको सतासीधामस्थित दुधेमा आइतबार कांग्रेस निकट नेपाल भूपू सैनीक संघले आयोजना गरेको जिल्ला स्तरीय भेलामा बोल्नु हुँदै महामन्त्री सिटौलाले शान्ति र संविधानलाई शुनिश्चिततामा लैजान माओवादीको द्वैध चरित्र बाधक भएको आरोप लगाउनु भएको थियो ।
  शान्ति प्रकृया समयमै पूरा गराउन सके सातादिन भित्र संविधान जारी गर्न सकिने उहाँको भनाई थियो । शान्ति र लोकतन्त्रको विकल्प नभएको उललेख गर्नुहुँदै महामन्त्री सिटौलाले भन्नुभयो-मुलुक समृद्ध तथा जनतालाई मालिक बनाउन लोकतन्त्र व्यवस्था नै सर्वमान्य माध्यम हो । उहाँले एक प्रसङ्गमा गोर्खाभर्ती बन्द गर्नै सरकारको कदम जायज नभएको बताउनु भयो । 
  भेलामा पूर्वमन्त्री तथा केन्द्रीय सदस्य नरेन्द्र विक्रम नेम्बाङ र केन्द्रीय सदस्य तथा सभासद् केशवकुमार बुढाथोकीले राज्य पूनस्रंरचना आयोगले प्रस्तुत गरेको विवादास्पद प्रतिवेदनको कुनै अर्थ नहुने जीकिर गर्नुभएको थियो । संघीयताको खाका कोर्ने आयोगको दुईखाले प्रतिवेदन नै हास्यास्पद छ भन्दै माटो क्षेत्रलाई समेटेर सुहाउँदो संघीयताको खाँचो रहेको उहाँहरुको भनाई थियो ।
  कार्यक्रममा भूपू सैनीक संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद कोइराला संघका महासचिव गर्जबहादुर गुरुङ कांग्रेस झापा सभापति उद्वव थापा लगायतले गोर्खा भर्ती बन्द गर्न सरकारको कदमको विरोध गर्दै तत्काल फिर्ता लिन आग्रह गरेका थिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी आउने नवप्रवेशीहरुलाई महामन्त्री सिटौलाले सदस्यता प्रदान गर्नु भएको थियो । कार्यक्रम संघकी जिल्ला अध्यक्ष सुकमाया लिम्बूको अध्यक्षतामा भएको थियो ।

Spread The Love, Share Our Article

Related Posts

No Response to "शान्ति र विद्रोह सँगै लैजान नहुने"

Add Your Comment