0 comments

पूरीमाथि रकम ठगी गरेको आरोप

Published on in

गगन पूरी
एकीकृत नेकपा माओपादी झापा क्षेत्र नम्बर ७ का इाचार्ज तथा पार्टीका कोचिला राज्य समिति सदस्य गगन पूरी रेवतराज ले प्रहरीमा जागीर खुवाउने भन्दै एक लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ । 
पूरीले गएको साउन १६ गते उदयपुर गाइघाट निवासी निर्माण बस्नेतलाई नेपाल प्रहरीको जुनियर अधिकृत असई बनाउने भन्दै पैसा लिएको बस्नेतका आफन्तले आरोप लगाएका छन् । कबुलेको रकम पेश्की रकम दिए पनि जागीर नपाएको भन्दै बस्नेतका आफन्तले आईतबार झापाको दमकमा पत्रकार सम्मेलन गरी सो कुरा खुलासा गराएका हुन् । 
बस्नेतका भिनाजु विनोदमणि भट्टराई बिएम शर्मा ले पूरीलाई कार्बाही र पैसा फिर्ताको माग राख्दै आईतबारै इलाका प्रहरी कार्यालय दमक र एकीकृत नेकपा माओवादी झापा क्षेत्र नम्बर ७ मा समेत उजुरी दिएको बताए । जागीर नभए लगेको पैसा फिर्ता गर्ने बताए पनि पटक-पटक फोन सम्पर्क गर्दा समेत पूरीले बेवास्ता गरेको शर्माले साचारकर्मीसँग खुलासा गरे । पत्रकार सम्मेलनमा शर्माले पूरी र आफूबीच भएको टेलीफोन बार्ता समेत सुनाएका थिए । टेलिफोन बार्तामा पूरीले शर्मालाई तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग कुरा गरेर जागीर खुवाउने नभए पैसा फिर्ता दिने आश्वाशन दिएकाछन् ।
गत साउन १६ गते शर्माले आफ्ना सालालाई जनपथ प्रहरीको असाई बनाउनको लागि पूरीले ३ लाख रुपैयाँ लिने कबुल गरेको र पेश्की १ लाख रुपैयाँ काठमण्डौ बस्ने ओम श्रमिकलाई दिनु भने पछि चेक मार्फत सो रकम बुझाएको शर्माको दावी छ । 
यता इाचार्ज पुरीले भने आफूले शर्मासँग पैसा लिएको अस्वीकार गरेका छन् । उनले आफू सुखानी प्रकाशन प्रालिको अध्यक्ष भएको र पत्रिका साचालनका लागि ऋण स्वरुप सुखानी मासिक पत्रिकाका व्यवस्थापक ओम श्रमिकले पत्रिकाका प्रतिनिधि शर्माबाट १ लाख रुपैयाँ सापटी लिएका बेला जमानी बसेको भने स्वीकार गरेका छन् ।  पछि सो सापटी रकम फिर्ता भए-नभएको बारे भने आफूलाई जानकारी नभएको पूरीको कथन छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी निरीक्षक अनिल पौडेलले भने पूरी विरुद्ध ठगी गरेको आरोप सहित ठाडो निवेदन परेको तर पछि माओवादी सम्बद्ध दूवै पक्षले बाहिरै मिल्ने भनेकाले निवेदन दर्ता नगरिएको जानकारी दिए ।

Spread The Love, Share Our Article

Related Posts

No Response to "पूरीमाथि रकम ठगी गरेको आरोप"

Add Your Comment